बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • मंगलासैनिक देवीको मूर्ति मन्दिरमा ल्याइयो
समाचार

मंगलासैनिक देवीको मूर्ति मन्दिरमा ल्याइयो

टिकापुर ३१ असार

टिकापुरमा हालसालै निर्माण सम्पन्न भएको मंगलासैनी देवीको मन्दिरका लागि आज मूर्ति ल्याउने काम सम्पन्न भएको छ।
हरि हरि कृपा फाउन्डेसनका हरिकृष्ण महाराजको सहयोगमा मंगलाशैनी मन्दिरमा भव्य मूर्ति आज मन्दिर परिसरमा पुगेको छ।
सो अवसरमा ब्राह्मण बटुकहरूद्वारा स्वस्तिक वाचन गरिनुका साथै वैदिक विधिपूर्वक मूर्ति भित्र्याइएको छ।
कार्यक्रममा बोल्दै तिमिल्सिना समाजका कैलाली अध्यक्ष पुष्पराज उपाध्याय तिमिल्सिनाले हरिकृष्ण महाराजबाट मूर्ति सहयोग भएकोमा आभार प्रकट गर्दै महाराजको सधैँ आशीर्वचन लागिरहने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष उपाध्यायले यस वर्षको अनन्त चतुर्दशीमा मन्दिरमा वैदिक विधिपूर्वक मूर्तिको प्राण प्रतिष्ठा गरेर विशेष पूजा गरिने जानकारी समेत दिनुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिकृष्ण महाराजजीले आफूले मंगलासैनी देवीको मूर्ति सहयोग गर्न पाएकोमा गर्व को महसुस गर्दै सदैव धार्मिक चेतना अभिवृद्धिमा सबैको सहयोग रहने अपेक्षा गर्नुभयो।
कार्यक्रममा बोल्दै कैलाशश्वर शिव मन्दिरका अध्यक्ष भागवत वक्ता पण्डित नारायण तिमिल्सिनाले टीकापुरमा मङ्गला सैनी भगवतीको मन्दिर निर्माण भइसकेको र महाराजको सहयोगबाट मूर्तिसमेत आइसकेकोले अब प्राण प्रतिष्ठा गरेर नित्य पूजा सुरु हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै बौद्धिक व्यक्तित्व धनञ्जय तिमिल्सिनाले मंगलाशयनी देवी लाई मन्दिर बनाएर स्थापना गर्ने कार्यमा यो महत्वपूर्ण काम भएको बताउनुभयो।
कार्यक्रममा मोहन उपाध्याय लगायतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य रेश्मा तिमिल्सिना र सञ्चालन आत्माराज उपाध्याय तिमिलसेनाले गर्नुभएको थियो।
हरिकृष्ण महाराजको सहयोगमा ल्याइएको सोमूर्ति भाद्र महिनाको अनन्त चतुर्दशीको दिनमा विधिपूर्वक प्राण प्रतिष्ठा सम्पन्न गरी स्थापना गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस