बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • खानेपानीको हाकिमलाई सिनोखाने कामी भनेर लेख्ने विरुद्ध उजुरी
Breaking News

खानेपानीको हाकिमलाई सिनोखाने कामी भनेर लेख्ने विरुद्ध उजुरी

टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख डम्बर विकलाई सिनो खाने कामी भनेर सामाजिक सद्भाव भड्काएर सामाजिक सञ्जालमा स्टाटस हाल्ने माथि इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको छ।

सामाजिक सञ्जाल फेसबुकमा कपिल केसी नामको आइडी भएको व्यक्तिले टीकापुर खानेपानीका कार्यालय प्रमुखका विरुद्ध कामी भन्दै अनावश्यक गालीगलजका स्टाटस र कमेन्टहरु निरन्तर आउन थालेपछि इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको हो।

सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुखसँग कुरा बुझ्दा सो सम्बन्धी लिखित निवेदन आइसकेको र प्रहरी छानबिन गरेर जातीय अपेलना गरेको कसुरमा मुद्दा चलाउन लागेको बताउनुभयो ।

उहाँले निवेदन आइसकेपछि प्रहरी प्रक्रिया अगाडि बढाइसकेको र सो व्यक्ति को हो भन्ने विषयमा छानबिन गरिरहेको बताउनुभयो।

कपिल केसी भनेर सामाजिक सञ्जाल फेसबुकमा आइडी बनाएको व्यक्तिले आफ्नो प्रोफाइल लक गरेको छ।

आफ्नो वास्तविक फोटो समेत नराखेर भगवानको फोटो प्रोफाइल पिक्चरका रुपमा राखेको सो व्यक्ति कोसो आइडी फेक आइडी हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस