बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • जेसिसको ककसमा सरिता,सिर्जना र विश्रामको उपस्थिति, खडक धामीको टिमले जनाएन सहभागिता
Breaking News

जेसिसको ककसमा सरिता,सिर्जना र विश्रामको उपस्थिति, खडक धामीको टिमले जनाएन सहभागिता

आगामी ३० गते हुने टिकापुर साना सहरी खानेपानीको नेतृत्वको निर्वाचन मा उम्मेदवार बनेका उम्मेदवार हरूका लागि टिकापुर जेसिसले आज ककस कार्यक्रमको आयोजना गर्यो ।

क कसमा उम्मेदवारहरूले आफ्ना एजेन्डा राख्नुका साथै उपस्थित दर्शक दिर्घाबाट आएको जिज्ञासाको समेत जवाफ दिएका थिए।

यस कार्यक्रममा उपस्थित उम्मेदवारहरू सहभागी भइरहँदा खडक धामी नेतृत्वको प्यानल भने कार्यक्रममा सहभागी भएन ।

कार्यक्रममा सरिता रावल थापा प्यानलका उपाध्यक्ष मगनी चौधरी, सचिव प्रकाश खड्का र कोषाध्यक्षका उम्मेदवार बलबहादुर विश्वकर्मा ले सहभागिता जनाउनुभएको थियो। यस्तै सिर्जना पण्डित समूहका सचिव र कोषाध्यक्षका उम्मेदवारले समेत कार्यक्रममा सहभागी ता जनाएका थिए भने विश्राम चौधरी नेतृत्वको प्यानलका पदाधिकारीहरूले समेत ककस कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस