अछामको कमलबजार नगरपालिका वडा नं ५ मानसैनमा रहेको मङ्गलासैनी मन्दिर नजिकको एक बण्डमा रुखमा गाभिएको अवस्थामा एक प्राचीन घण्ट फेला परेको छ।
कमलबजार नगरपालिका वडा नं ५ का वडाध्यक्ष सत्यराज तिमिल्सिनाका अनुसार विक्रम सम्वत १२८० तिर सो मन्दिरमा चढाइएको सो घण्टा रुखमा गाडिएको अवस्थामा फेला परेको हो।
सो सम्बन्धमा पुरातत्व विभागलाई जानकारी गराइसकेको र यसको प्रचारप्रसार गर्नका निम्ति समेत सबैलाई वडा अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभएको छ।
मानसैनमा रहेको मंगलासैनी मन्दिरको नजिकै रहेको एक बण्ड ( सानो ताल)का नजिकको पुराना रुखमा सो घण्टा गाडेको अवस्थामा फेला परेको हो ।
हाल कमलबजार नगरपालिका वडा नं ५ रहेको कुइकाको मंगलासैनी मन्दिर प्राचीन मानिन्छ ।
सो आसपासको क्षेत्र लाई ऋषि र ब्राह्मणहरूले तपस्या गर्ने र प्राचीन ब्राह्मण बस्ती भएका कारण ब्रह्मस्थान भनेर समेत प्राचीन रूपमा चिनिन्थ्यो। मानसैनलाई देवस्थलको रुपमा चिनिन्छ।
सो ठाउँमा दुईटा प्रसिद्ध देवीका मन्दिरहरू रहेका छन्।
मानसैनमा माता मंगलासैनीको प्रसिद्ध मन्दिर रहेको छ भने त्यसभन्दा माथि डाँडोतिर पाँचुलीमा जालवा देवीको मन्दिर रहेको छ ।
यी दुवै मन्दिरहरू प्राचीन मानिन्छन् । पछिल्लोपटक कमलबजार नगरपालिकाले मंगलासैनी मन्दिर नजिक रहेको बण्ड विस्तार गर्न योजनाहरू सुरु गरेको छ।
सोही तालका आसपासका पुराना रुखहरूमा यस्ता प्राचीन घण्टाहरू देखिन थालेका हुन् ।
प्रतिक्रियाहरु