बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • डेक नेपालकाे प्राबिधिक सहयाेगमा अपाङ्गता मैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया सम्पन्न
Breaking News

डेक नेपालकाे प्राबिधिक सहयाेगमा अपाङ्गता मैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया सम्पन्न

डेक नेपालकाे प्राबिधिक सहयाेगमा अपाङ्गता मैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया सम्पन्न भएको छ।‌ अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्रकाे प्राविधिक सहयोगमा द एसिया फाउन्डेसनको आर्थिक असहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। ‌ कार्यक्रममा नेपाल नेत्रहीन संघ‌ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा डेक नेपालका सहसचिव ‌ अर्जुन रावलले कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रियअभियान २०८२ कार्यक्रमलाई सफल पार्न तथा पालिका स्तरमा अपाङ्ग मैत्री वातावरण ‌ निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा धेरैको जमघट हुने भएकाले‌‌ यस्ता गतिविधिहरू अगाडि बढाइएको बताउनुभयो। यस्तै प्रविधिलाइ अपाङ्ग मैत्री बनाउने शिक्षा ,स्वास्थ्य तथा सडकहरू ‌ तथा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई अपाङ्ग मन्त्री बनाउन सरोकारसँग अनुरोध गर्नुभयो। कार्यक्रममा टिकापुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख संगीता शाहीले‌ त्यस्ता कार्यक्रमहरू सञ्चालनकालागि बजेटको व्यवस्था भएको बताउनुभयो। कार्यक्रममा डेक नेपालका अध्यक्ष‌ विष्णु आचार्य, डेक नेपाल बोर्ड सदस्य रमेश कुमार थारु टिकापुर नगरपालिका जनस्वास्थ्य निरिक्षक धर्म सिंह बटाला टिकापुर नगरपालिका वार्ड नं २ का अध्यक्ष दीपक चौधरी वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने टिकापुर नगरपालिका सामाजिक विकास समिति संयोजक लाल चौधरी तथा अन्यकाे उपस्थिति रहेको थियो। कार्यक्रम टिकापुर नगरपालिका प्रमुख रामलाल डगौराको अध्यक्षतामा भएको थियो।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस