अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन महिने हेयर कटिङ तालिम सुरु भएको छ। कैलाली अपाङ्ग सेवा सङ्घ टिकापुरको आयोजनामा उक्त तालिम सुरु भएको हो। अन्तर्राष्ट्रिय अपाङ्ग दिवस २०८२ मङ्सिर १७ को सरमा अपाङ्गता भएका महिलाहरूको लागि महिला पुरुषहरुका लागि तालिमको आयोजना गरिएको हाे। कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले टिकापुर नगरपालिकालाई अपाङ्ग मन्त्री बनाउन आफूले पहल गरेको बताउँदै आगामी दिनमा अपाङ्गता क्षेत्रमा सहयोग गर्दै जाने बताउनुभयो। यस्तै उहाँले अपाङ्गता मात्र तोकेर कार्यक्रम नभए पनि सहयोग गर्न सकिने धेरै क्षेत्र रहेको बताउनुभयो। यस्तै उहाँले जनतासँग मेयर कार्यक्रम तथा खेलकुद मा अपाङ्गताको छुट्टै कार्यक्रम सँग जोडिएर सहयोग गर्न सकिने बताउनुभयो। शिक्षिका दुर्गा खत्रीले समाजमा पैत्रिक सम्पत्तिमा अपाङ्गता भएका व्यक्तिको पहुँच नभएको बताउँदै अपाङ्गलाई के चाहियो पाल्नुपर्ने हामीले हो भन्ने जस्ता सोचका कारणले उनीहरुले निर्दक्कसँग काम गर्न नपाएको बताउनुभयो। यस्तै उहाँले अपाङ्गता भएका महिलाहरु अझ पीडित भएको बताउनुभयो। अपाङ्गता भएका महिलालाई विवाह गर्न समस्या हुनुको साथै विवाह भइसकेपछि पनि हेप्ने र अप्ठ्यारो झेल्नु परेको बताउनुभयो। यस्तै मिना खत्रीले लगानीको अभावले व्यवसाय गर्न समस्या परेको बताउनुभयो। सहभागी गंगा चौधरीले आफूले मसाज गरेर खर्चको जो हाे गर्ने गरेको बताउँदै त्यसमा पनि विभिन्न लान्छना लाउने गरेको बताउनुभयो। सृजनशील अपाङ्ग सङ्घ जानकिका अध्यक्ष प्रकाश बमले सरकारी सुविधामा अपाङ्गको पहुँच कम भएको बताउँदै दबाबमूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमलाई सहजीकरण गरिरहनुभएका कैलाली अपाङ्ग सेवा संघका अर्जुन रावलले अपाङ्गता भएका व्यक्तिलाई अगाडि बढाउन विभिन्न कार्यक्रम गरेको बताउँदै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अवसर पारेर अपाङ्गलाई सहयोग हुने तथा सचेत गराउने कार्यक्रम अगाडि बढाएको बताउनुभयो। यस्तै उहाँले विभिन्न लेख रचना मार्फत अपाङ्ग पक्षमा काम गरिरहेको बताउनुभयो। कार्यक्रम विष्णु आचार्यको अध्यक्षतामा भएको थियो। कार्यक्रममा अपाङ्ग संघका विष्णु आचार्यले सहजीकरण गरिरहनुभएको थियो। कैलाली अपाङ्ग सेवा संघलाई विभिन्न कार्यक्रमको लागि द एशिया फाउन्डेसनले सहयोग गरिरहेको अर्जुन रावलले बताउनुभयो।।
प्रतिक्रियाहरु