बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • आफूले पाउने सुविधा विपन्न वर्गको शिक्षामा लगाउने कैलाली १ का एमाले उम्मेदवार न्यौपानेको घोषणा
Breaking News

आफूले पाउने सुविधा विपन्न वर्गको शिक्षामा लगाउने कैलाली १ का एमाले उम्मेदवार न्यौपानेको घोषणा

टिकापुर २५ माघ

नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले आफू निर्वाचित भएमा पाउने सेवा सुविधा क्षेत्रका विपन्न वर्गको शिक्षामा लगानी गर्ने घोषणा गर्नुभएको छ।

न्यौपानेले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नका लागि आज टीकापुरमा आयोजित एक कार्यक्रममा सो घोषणा गर्नुभएको हो।

कार्यक्रममा बोल्दै न्यौपानेले भन्नुभयो”मैले चुनाव जितेमा सांसदले पाउने सेवा सुविधा यस क्षेत्रको गरिब र विपन्न नागरिकको शिक्षामा लगानी गर्नेछु। मैले सुविधा लिने छैन।”

एमाले उम्मेदवार न्यौपानेले कैलाली क्षेत्र नम्बर १ को विकासका लागि महत्त्वकांक्षी र लोकप्रिय कार्यक्रम ल्याउनुभएको छ।

उहाँले आफ्नो प्रतिबद्धता पत्रमा टीकापुरको समृद्धिका लागि दुईवटा अ र तीनवटा सको अवधारणामा कार्यक्रम सार्वजनिक गर्नुभयो।

भौतिक आवश्यकतालाई परिपूर्ति गर्दै जनताको आम्दानी बढाउने र समृद्ध क्षेत्र निर्माण गर्ने लक्ष्य न्यौपानेको प्रतिबद्धता पत्रमा छ।

न्यौपानेले कर्णाली करिडोर यो क्षेत्रको समृद्धिको मूल आधार भएको बताउँदै टीकापुर पार्क लाई फाउन्टेन पार्कको रुपमा विकास गर्ने, पर्यटनको विकास गर्ने कैलाली क्षेत्र नम्बर १ को सबै क्षेत्र समेट्ने गरी बृहत रिंगरोडको अवधारणा समेत ल्याउनुभएको छ।

यस्तै न्यौपानेले टिकापुर को विकासका लागि स्वर्गीय खड्कबहादुर सिंहले परिकल्पना गरेको टीकापुरलाई साकार रूपमा लैजान आफू लाग्ने बताउनुभयो।

न्यौपानेले भन्नुभयो”खड्कबहादुर सिंह कुन राजनीतिक आस्था राख्ने मान्छे थिए भनेर हेर्नु हुँदैन, आजभन्दा ५० वर्ष अगाडि उहाँले परिकल्पना गर्नुभएको विकासको अवधारणा आजसम्म पनि कार्यान्वयन हुन सकेको छैन म त्यो कार्यान्वयन गर्नको निम्ति नेतृत्व गर्नेछु।”

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस