बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • नेकपा संयुक्तको समर्थन द्वारिका न्यौपानेलाई
Breaking News

नेकपा संयुक्तको समर्थन द्वारिका न्यौपानेलाई

टिकापुर ५ फागुन

नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।

जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश अहिले चुनावी माहोलमा रहेको र विभिन्न राजनीतिक दलहरू जनतामाझ आफ्ना एजेण्डा लिएर गइरहेका उल्लेख गरिएको छ। विज्ञप्तिमा राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको यात्रालाई अगाडि बढाउनु सबैको साझा दायित्व भएको पार्टीको स्पष्ट धारणा रहेको जनाइएको छ।

विज्ञप्तिमा आगामी निर्वाचन कठिन परिस्थितिमा भइरहेको उल्लेख गर्दै मुलुकलाई द्वन्द्वबाट जोगाउन न्यायप्रेमी जनसमुदाय सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै राजनीतिक दलहरूले आफ्ना कमजोरी सुधार गर्दै राष्ट्रिय स्वाधीनता र समाजवादको यात्रालाई मजबुत बनाउनु आवश्यक रहेको बताइएको छ।

यसै सन्दर्भमा कैलाली–१ मा आफ्नो पार्टीको प्रत्यक्षतर्फ उम्मेदवार नरहेको अवस्थामा विचार र दृष्टिकोण मिल्ने उम्मेदवारलाई सहयोग गर्ने नीति अनुसार नेकपा एमालेका युवा उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, समानुपातिकतर्फ भने आफ्नो पार्टीको उम्मेदवारी कायम रहेको जनाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई समानुपातिकतर्फ आफ्नो चुनाव चिन्ह ‘हँसिया ’ मा मतदान गर्न र प्रत्यक्षतर्फ द्वारिका प्रसाद न्यौपानेलाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस