मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • शिक्षण अस्पतालमा शव व्यवस्थापनमा हाम्रो भुमिका
बागमती प्रदेश

शिक्षण अस्पतालमा शव व्यवस्थापनमा हाम्रो भुमिका

शान्त र समृद्ध नेपाल निर्माणमा सधैं सक्रिय विद्यार्थी परिषद्को बैंढक डिल्लिबजारमा भावी योजनामा छलफल चलिरहेको थियो् युवाहरुलाई विभिन्न्न कार्यक्रमको माध्यमबाट सकारात्मक सोच र रचनात्मक कार्य गरी युवाहरुलाई बढी भन्दा बढि सक्रिय बनाउने जस्ता विभिन्न विषयमा छलफल सकेर केहि साथीहरु जलपान गर्दै र गराइरहेका थिए म कम्प्युटर चलाइरहेको थियो त्यतिकैमा अचानक ११ः५६ मा म बसेको कुर्सी हल्लियो र लगतै म डराएर बाहिर आए घर पुरै हल्लिरहेको थियो । साथीहरुले भुकम्प आयो भने म पनि केहि छिन म रोकिए, आत्तिए् र भागे । सबै घरबाट निस्किएर डरले रोडमा जम्मा भएका थिए त्यहाँ कोहि रोहिरहेका थिए, कसैको अनुहारमा खुःशी थिएन । कोहि अब हाम्रो अन्तिम दिन भनिरहेका थिए,कोहि भगवानको नाम जपिरहेका थिए कोहि भक्तपुर जिल्ला कस्तो भएको होला भनेर चिन्तन पनि गरिरहेका थिए, कोहि भन्दै थिए धरहरा पनि ढलिसक्यो इत्यादी । जमिन पुरा हल्लिरहेको थियो । हामी पनि लगत्तै उद्धार मा गयौं साझ हामी रङ्गशालामा गएर सहयोग गर्दै रातभर त्यहि बितायौं ।

अर्को दिन हामि सघं कार्यलयमा संघ अन्र्तगतका विभिन्न संस्था मिलेर संयुक्त रुपमा महाभुकम्प अभियान २०७२ सञ्चालन गर्ने भनि निर्णय गरियो र हामि निरन्तर उद्धारमा लागिरहेका थियौं् महाभुकम्प अभियान २०७२ ले नै मलाई काठमाण्डौं जिल्लामा रहेका विभिन्न अस्पतालमा काम गर्ने जिम्मेवारी दिइयौं् र दायित्व पाए अनुसार नै हामिले केहि साथीहरुलाई टिचिङ्ग हस्पिटल,विर असपताल,काठमाण्डौं मेडिकल कलेज र अन्य अस्पतलामा स्वंयसेवक परिचालन ग’यौ र सबै भन्दा बढि घाइतेहरुको चाप टिचिङ्ग हस्पिटलमा भएकोले म त्यहाँ गए । म सँग ABVP का साथीहरु र अन्य साथीहरु त्यहाँ गयौ् हस्पिटलमा कोहि रोइरहेका थिए् कोहि घाइते विरामीलाई ल्याउने र पु¥याउने काम गरिहेका थिए त्यहाँ कसैको अनुहारमा हाँसो थिएन् हामिलाई पनि कता– कता मनमा चिसो लागेका जस्तो भा्े हामिले पनि लगत्तै ५ वटा विभाग छुट्याएर काम गर्ने योजना तयार ग¥यौं ( १. सहायता कक्षा, २.आकस्मिक कक्षा ३. अपरेशन थेटर ४. शव व्यवस्थापन ५.विविध) अलग–अलग विभागमा हामीले काम ग¥यौ् । Help Desk मा हामिले घाइते विरामीहरुका कुरुवाहरुका लागि सञ्चालन गरेका थिया्ै त्यहाँ हामिले खानेपानीको व्ववस्था, विरामीहरुका लागि आवश्यक पर्ने सामान र अन्य सेवा उपलब्ध गराएका थियौं । आकस्मिक कक्षामा पनि घाइते विरामीहरुलाई भित्र लग्ने र बाहिर पु¥याउने काम ग¥यौं । अपरेशन थेटरमा पनि अन्य विभाग जस्तै निरन्तर घाइते विरामीको सेवा ग¥यौ् त्यहाँ भिन्न माहोल देखिएको थियो् अपरेशन थेटरमा कोहि–कोहिका घाइते विरामीका आफन्त पनि थिएन् त्यहाँ भित्र डाक्टर र नर्शहरु विरामीको सेवामा खटिरहेका थिए् कसैको टाउकोमा चोट लागेका,हात खुङ्का भाचेको,कोहि विरामी इत्यादी थिए । डाक्टरले हामिलाई देख्ने वित्तिकै हामिलाई सहयोग गर्न आग्रह ग¥यो हामि पनि ६ जना साथीहरु अपरेशन थेटरमा बसेर काम गर्ने निर्णय ग¥यौ । घाइते विरामीहरुलाई ह्–चबथX-Ray सम्म पु¥याउने तिनिहरुको रगत Blood Bank सम्म पु¥याउने र नर्शहरुलाई सहयोग गर्ने अपरेशन थेटरमा निरन्तर हामिले एक हप्ता सम्म सहयोग ग¥यौ ।

महाभुकम्पमा परि मुत्यु भएका, शनाखत हुनु बाँकी र नेपाल प्रहरी,नेपाली सेनाले भग्नाशेष बाट उद्धार गरेर ल्याएका लाशहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको एकै ठाउँमा जम्मा गरेको ठाउँमा जब हामी पुग्यौं् त्यहाँ कता–कता हाम्रो मनमा चिसो भो, डर लाग्यो किनकी त्यहाँ संयौंको सख्याँमा लाशहरु राखिएका थिए् साना–साना बच्चाहरुका लाशहरु थिए । ति कलिला खाइलाग्दा बच्चाहरुको लाश देख्दा आखाँमा आशु आयो, मन रोइरहेको थियो । लाशहरु कसको हो भनि पहिचान गर्न सक्ने अवस्था पनि थिएन् । त्यहाँ नेपाल प्रहरी काम गरिरहेका थिए् हामिले पनि शव व्यवस्थापनमा नेपाल प्रहरी संग काम गर्ने अठोट ग¥यौ । म संग ब्द्यख्ए का साथीहरु पनि थिए हामिले निरन्तर लाशहरुलाई प्याकिङ्क गर्ने र लाशलाई उठाएर शबवाहन मा राख्ने काम निरन्तर ग¥यौं । शव भएको ठाउँमा मानिसहरु जान्थे फर्किन्थे कयौं स्वयंसेवकहरु काम गर्न आए त्यहाँ तर तिनिहरु फर्केर जान्थे किनभने लाशहरुको अवस्था खतरनाक थियो् त्यहाँ लाशहरु सुनिएका थिए् लाशहरु गनाइरहेका थिए् १ मिनेट पनि त्यहाँ वस्नु सकिदैन् थियो ।

मैले पनि २ वटा मास्कको विचमा सन्चो लगाएर फेरी एउटा मास्क अनि हातमा पन्जा लगाएर त्यहाँ भित्र छिरेको थिए । दिन प्रति दिन लाशहरु बढ्दै थिए । नेपाल प्रहरी पनि अचम्म मानिरहेकाहेका थिए हामिले निरन्तर काम गरिरहेकोले गर्दा, हामिलाई नेपाल प्रहरीका साथीहरु भन्थे तपाईहरु पहिले शव व्यवस्थापनमा काम गर्नु हुन्थ्यो भनेर ? होइन हामी त स्यंवसेवक हो भनेर काम निरन्तर खटिरहयौं ।

हामिले ३०० भन्दा बढी लाशहरुको व्यवस्थापन गरेका थियौं । ABVPका विहार विश्वविद्यालय संगठन सचिव जी लाई त त्यहाँका सिनियर व्यक्तिले यता काम गर्नु हुन्छ भने भन्नुहोस हामी जागिरको व्यवस्था गर्दिन्छौ भन्नु भयो । किन भने हामिले टिचिङ्क हस्पिटल मा निरन्तर काम गरिहेका थियौं । जब हामी काम गरेर संघ कार्यलयमा पुग्थ्यौं साझँ न भोजन गर्न मन लाग्छ् न रातमा निन्द्रा लाग्छ् फेरी अर्को दिन त्यहिं ठाउँमा सेवा गर्न जान्थ्यौं । हामिले शव व्यवस्थापनमा र घाइते विरामीहरुको सेवा १ हप्ता सम्म ग¥यौ ।
अर्को विभाग थियौ विविध मा पनि ५ जना स्यंवसेवक राखेका थियौ तिनिहरुले पनि कुन विभागमा के आवश्य छ त्यहि काम गर्थे । यसरी हामिले दैनिक रुपमा निरन्तर १५ देखि ५० जना सम्मले टिचिङ्ग हस्पिटलमा मानविय सेवामा लागि रहयौ ।

भन्छन् नी राम्रो काम गरे राम्रो फल पाईन्छ् न हामिले पैशा को लागि काम गरेका थियौं न नामको लागि र सम्मानको लागि हामिले त केवल मानविय सेवा गरिरहेका थियौ । तर पनि नेपालमा आएको दैविक प्रकोप महाभुकम्पमा परि मुत्यु भएको व्यक्तिहरुको शव काठमाण्डौं स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको उक्त शवलाई प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल द्धारा सञ्चालित सेवा कार्यका नेपाल प्रहरीको साथमा समन्य राखि शव व्यवस्थापन कार्यमा सहयोग एवं प्रशसनिक कार्य गरेकोले प्रहरी निरिक्षक कुष्ण कुमार चन्द ज्युले धन्यावाद र प्रमाण दिनुभएको थियो । हामी आजको दिन सम्म पनि निरन्तर मानविय सेवामा लागिरहेका छौं । सम्पुर्ण युवा वर्ग लाई के आग्रह गर्नु चाहान्छु भने थोपा थोपा मिलि समुन्द्र बने जस्तै तपाई हामी पनि आफ्नो गाउँ गाउँ बाट काम गर्नुहोस टोल टोल बाट काम गर्नुहोस अनि पो तपाई हामिले सोचे जस्तै एउटा शान्त र समृद्ध नयाँ नेपाल निर्माण गर्नु सकिन्छ् ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस