बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • धर्मशाला छाड्न डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र, वैकल्पिक स्थानको खोजी
Breaking News

धर्मशाला छाड्न डा. गोविन्द केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र, वैकल्पिक स्थानको खोजी

धनगढी, साउन ८ — धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला छाड्न आग्रह गर्दै पत्र पठाएको छ।
समितिका अध्यक्ष मुक्तिनाथ पन्तका अनुसार डा. केसी धर्मशालामा बसोबासका लागि आएको जानकारी दिइएको थियो। तर कुनै पूर्वजानकारी वा अनुमति बिना धर्मशालामै अनसन सुरु गरिएकाले धर्मशाला खाली गर्न पत्र पठाइएको उनले बताए।
‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो, तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो। त्यसैले धर्मशाला छाड्न भनेका हौं,’ अध्यक्ष पन्तले भने।
यता डा. केसीका सहयोगी डा. अमृत जैशीले अनसनलाई निरन्तरता दिनका लागि अहिले वैकल्पिक स्थानबारे छलफल भइरहेको जानकारी दिए। उनका अनुसार नयाँ स्थान तय भएपछि त्यसबारे औपचारिक जानकारी दिइनेछ।
डा. केसी विभिन्न स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी माग राख्दै धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट आमरण अनसनमा बसेका छन्। धर्मशाला खाली गर्न पत्र आएपछि अब अनसन कहाँबाट सञ्चालन हुने भन्ने विषय चासोको केन्द्र बनेको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस