प्रिय गाउँपालिकावासी,
वर्षायाम सुरु भएसँगै अत्यधिक वर्षा, बाढी, डुबान, नदी कटान, चट्याङ तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ। त्यसैले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ।
✅ अनावश्यक रूपमा नदी, खोला तथा डुबान हुने क्षेत्रमा नजानुहोस्।
✅ मौसमको आधिकारिक पूर्वानुमान र सम्बन्धित निकायका सूचना पालना गर्नुहोस्।
✅ बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिको विशेष सुरक्षा सुनिश्चित गर्नुहोस्।
✅ कुनै पनि विपद् वा आपत्कालीन अवस्था देखिएमा तत्काल वडा कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउनुहोस्।
✅ अफवाह वा अपुष्ट सूचना नफैलाऔँ, आधिकारिक सूचनामात्र विश्वास गरौँ।
सुरक्षित रहौँ • सजग बनौँ • विपद्बाट जोगिऔँ
— जोशीपुर गाउँ कार्यपालिकाको कार्यालय
जोशीपुर गाउँपालिका, कैलाली
प्रतिक्रियाहरु