दैलेख, असार १८। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको Force मिनीबस दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडा नजिक सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको छ।
प्रहरीका अनुसार दुर्घटना आज दिउँसो करिब ११:३० बजे भएको हो। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका एक जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी छ। गाडी अझै पूर्ण रूपमा फेला परिसकेको छैन भने गाडीमा कति यात्रु सवार थिए भन्ने विवरण पनि यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
गाडी कर्णाली नदीमा खसेकाले दर्जनौं हताहती भएको आशंका गरिएको छ। यद्यपि, हताहतीको संख्या सम्बन्धमा आधिकारिक पुष्टि भने भइसकेको छैन।
दुर्घटनाबारे थप विवरण आउँदै छ।
प्रतिक्रियाहरु