धनगढी ९ साउन
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटासँग सम्बन्धित विभिन्न माग राख्दै धनगढीमा अनसनरत डा. गोविन्द केसीको अनसनविरुद्ध आज स्थानीय युवा तथा व्यवसायीहरूले प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनकारीहरूले अनसनस्थल धर्मशाला बाहिर “गो ब्याक डा. गोविन्द केसी” भन्दै नाराबाजी गरेका छन्। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको हितसँग जोडिएको विषय भएको भन्दै उनीहरूले आफ्ना माग राखेका हुन्।
स्थिति उत्तेजक बन्न नदिन प्रहरीले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरीले प्रदर्शनकारीलाई अनसनस्थल नजिक जान रोक्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।
धनगढीमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलको अवस्था निगरानीमा राखिएको छ।
प्रतिक्रियाहरु