शुक्रबार, साउन २२, २०८३
  • होमपेज
  • कैलाली केरा उत्पादक संघको अध्यक्षमा दिपेन्द्र सोसी थारु सर्वसम्मत निर्वाचित
Breaking News

कैलाली केरा उत्पादक संघको अध्यक्षमा दिपेन्द्र सोसी थारु सर्वसम्मत निर्वाचित

टीकापुर १६ साउन

कैलाली केरा उत्पादक संघको प्रथम वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा दिपेन्द्र सोसी थारु निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा टेकेन्द्र धामी, सचिवमा नेत्र केसी तथा कोषाध्यक्षमा शेरबहादुर साउँद चयन भएका छन्।
यस्तै सदस्यहरूमा केशर रावल, कमल बिष्ट, अनिल कुँवर, थिरज दास र जनक चौधरी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारीलाई विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले बधाई दिँदै संघको नेतृत्वमा रहेर केरा खेतीको विकास, किसानको हकहित संरक्षण तथा उत्पादन र बजारीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस