आइतवार, मंसिर १, २०८२
  • होमपेज
  • टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्का महासचिवमा तिमिल्सिना निर्वाचित
Breaking News

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्का महासचिवमा तिमिल्सिना निर्वाचित

टीकापुर २२ भाद्र

टीकापुर उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचन मार्फत चयन भएको छ।

हिजो सम्पन्न निर्वाचनको आज दिउँसो जारी परिणामअनुसार अध्यक्षमा सन्तोष खड्का निर्वाचित हुनुभएको छ । अध्यक्षमा खड्का ६२७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद उपाध्याय बजगाईंले  ५१४ मत प्राप्त गर्नुभएको छ।  उद्योगतर्फको उपाध्यक्षमा दिपेन्द्र रावल वाणिज्य तर्फको उपाध्यक्षमा अर्जुन भट्टराई निर्वाचित हुनुभएको छ। उद्योग तर्फको उपाध्यक्षमा रावल १७ मतको अन्तरले आफ्ना प्रतिस्पर्धी तपेन्द्र कुँवरलाई पराजित गर्न सफल हुनुभएको छ। दिपेन्द्र रावलले ५४० मत प्राप्त गरिरहँदा तपेन्द्र कुँवरले भने ५२३ मत प्राप्त गर्नुभयो। यस्तै वाणिज्य तर्फ अर्जुन भट्टराईले ५४५ मत प्राप्त गरिरहँदा प्रतिस्पर्धी लोकेश साउदले भने ५३६ मत प्राप्त गर्नुभयो।

निर्वाचनको अवधिभर रोचक प्रतिस्पर्धाको रुपमा हेरिएको महासचिव पदमा भने प्रकाश तिमिल्सिना निर्वाचित हुनुभएको छ। तिमिल्सिनाले ५६१ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी पृथ्वीराज ढुङ्गानाले ५५१ मत प्राप्त गर्नुभयो। निर्वाचनका क्रममा महासचिवका प्रतिस्पर्धी दुवैजना तिमिल्सिना र ढुङ्गाना मतदाताको बीचमा दुवै लोकप्रिय भएकाले रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

यस्तै सचिव पदका उम्मेदवार प्रकाश शाह ५५४ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी हिक्मत रावल ले ५१५ मत प्राप्त गर्नुभयो ।

साथै संघको कोषाध्यक्षमा टीका शाही ५६७ मत ल्याएर निर्वाचित हुनुभएको छ भने प्रतिस्पर्धी टेकबहादुर सोडारीले ५३५ मत प्राप्त गर्नुभएको छ।

यस्तै सदस्यहरूमा हेमन्त रिमाल, उपेन्द्र बटाला, शैलेश साउद , रूपक बिष्ट, दीपक साउद जनक बिष्ट सर्पराज साउद, विजय धामी निर्वाचित हुनुभएको छ।

यस्तै आरक्षण सदस्यतर्फमा महिलातर्फ जानकी शाह, जनजातितर्फ सन्तोष कठरिया र दलिततर्फ रमेश तिखातरी(दमाई) निर्वाचित हुनुभएको छ।

 

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस