धनगढी १६ वैशाख
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको असहयोगका कारण टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रदेश सभा को बैठकमा प्रवेश नपाएको समाचार छ ।
प्रदेश सरकारले २०८१ साल चैत्र ३ गते प्रदेश सभामा टेबुल गर्नका निम्ति सो विधेयक प्रदेश सभामा दर्ता गराएको बुझिएको छ।
तर सभामुख भण्डारीको टिकापुरमा सो विश्वविद्यालय हुन नहुने भन्ने एकल अडानका कारण सो विधेयक प्रदेश सभामा टेबुल हुन नसकेको समाचार स्रोतको दाबी छ।
सभामुख भण्डारी तत्कालीन एकीकृत माओवादी पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
हाल विभिन्न बामघटकहरू एकीकरण गरेर बनेको नेकपा सम्बद्ध नेताहरूले भण्डारीलाई निरन्तर सो विषयमा दबाबदिदा दिँदा समेत भण्डारीले सो विधेयक प्रदेश सभामा टेबुल गर्न नमानेको समाचार स्रोतको दाबी छ।
सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्व विद्यालय स्थापना गर्न शोका लागि बजेटसमेत विनियोजन गरिसकेको छ।
सरकारले स्थापना गर्न लागेको सो प्राविधिक विश्वविद्यालय ऐन नबनेसम्म कार्यान्वयन हुन नसक्ने भएका कारण दुईवटा नीति तथा कार्यक्रम र बजेटमा परेर पनि विश्वविद्यालयको काम अगाडि बढ्न सकेको छैन।
विभिन्न पार्टी सम्बद्ध केही सांसदहरूले दुई वर्षअघि सरकारले टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने नीति तथा कार्यक्रम र बजेट तय गरे पनि यसलाई रोक्नका लागि निरन्तर केही नेताहरु लागेको बताइएको छ ।
सो विश्वविद्यालय रोक्नका निम्ति लाग्ने नेताहरू का बारेमा खप्तड खबरले निरन्तर समाचार प्रकाशित गरिरहनेछ।
प्रतिक्रियाहरु