टीकापुर ३ साउन
कैलालीको जानकी गाउँपालिका वडा नं. ४ स्थित जनता नमूना माध्यमिक विद्यालय कञ्चनपुरका शिक्षक जगदीश पन्तको रहस्यमय मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार उनी हिजो राति टिकापुरको एक स्थानीय होटलमा बसिरहेको बेला मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी नवीनराजा बृुढाथोकीद्वारा अनुसन्धानका लागि शङ्कास्पद दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ ।
पन्तलाई पेयपदार्थमा विषादी सेवन गराइएको आशङ्का गरिएको छ ।
मृतक पन्तको शव टीकापुर अस्पतालमा राखिएको छ, घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
प्रतिक्रियाहरु