बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • टीकापुरमा एमालेको दुई दिने प्रशिक्षण सुरु
समाचार

टीकापुरमा एमालेको दुई दिने प्रशिक्षण सुरु

टीकापुर १० साउन

नेकपा एमाले टिकापुर नगर कमिटीको आयोजनामा दुई दिने नगर स्तरीय प्रशिक्षण कार्यक्रम आज टीकापुरमा सुरु भएको छ।

टिकापुर नगरपालिका वडा नं ५ स्थित बनाना रिसोर्टमा सुरु भएको प्रशिक्षण कार्यक्रममा नेपाली प्रदेश र जिल्ला कमिटीका नेताहरू प्रशिक्षकको रुपमा रहेका छन्। कार्यक्रमको प्रमुख प्रशिक्षक प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसी रहनुभएको छ।

नगर कमिटी सदस्यहरूका निम्ति दिएको प्रशिक्षण कार्यक्रममा जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही , जिल्ला सचिव ममता प्रसाद चौधरी , उपसचिव चुडामणि भट्ट लगायतका नेताहरूको उद्घाटन समारोहमा सहभागिता रहेको थियो।

प्रशिक्षण कार्यक्रम उद्घाटन सत्रमा प्रदेश सचिवालय सदस्य सदस्य तपेन्द्र रावल ,कमला शाही ,मात्रिका तिमिल्सिना, लगायत जिल्ला सचिवालय सदस्य जिल्ला कमिटी सदस्यहरू समेत सहभागी रहेका थिए।

प्रशिक्षण कार्यक्रममा एमाले टिकापुर नगरपालिका पदाधिकारी तथा सदस्यहरू तथा जनसंगठनका सदस्यहरू सहभागी रहेका छन् । प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहको प्रमुख अतिथि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी रहनुभएको थियो भने अध्यक्षता नगर अध्यक्ष लक्ष्मण थापा सञ्चालन नगर सचिव भानुभक्त जैसी र स्वागत नगर उपाध्यक्ष विजय सार्कीले गर्नुभएको थियो। ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस