बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • खानेपानीको निर्णयमा एक पदाधिकारी सहित तिनको असहमति
Breaking News

खानेपानीको निर्णयमा एक पदाधिकारी सहित तिनको असहमति

टीकापुर साना सहरी खानेपानी तथा उपभोक्ता सरसफाई संस्था को कार्यसमितिमा अध्यक्ष लगायत बहुमत पदाधिकारीहरूले सल्लाहकार समिति र लेखा संयोजक र सदस्यहरूको नियुक्ति एकलौटी गरेको भन्दै सचिव लगायत तीनजना कार्यसमिति सदस्यहरूले आज एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका छन्।
यसरी प्रेस विज्ञप्ति प्रकाशित गर्ने विरोध जनाउनेहरूमा सचिव प्रकाश खड्का सदस्य बमबहादुर ओली र सदस्य जाल्पा भट्टराई रहेका छन्। उनीहरूले विज्ञप्तिमा संस्थामा सुशासन पारदर्शिता, र उपभोक्तालाई सहुलियत दरमा पानी उपलब्ध गराउनुको साटो कार्यसमितिका सबै सदस्य र पदाधिकारीको मर्म विपरीत एकलौटी ढंगले निर्णय गर्ने कुरामा असहमति जनाउँदै सो कार्यप्रति उपभोक्ताको ध्यानाकर्षण समेत गराउनुभएको छ।
आफूहरू सहमति र सहकार्यमा अगाडि बढ्न हिजो आज र भोलि सधैँ तयार रहेको प्रेस विज्ञप्ति मार्फत आम उपभोक्तालाई उहाँहरुले जानकारी समेत गराउनुभएको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस