सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कैलालीको टीकापुर र धनगढी तथा महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर १०० सैयाको अस्पतालको रुपमा विकसित गर्ने बताउनुभएको छ। आज लम्कीमा लम्की चुहा प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले यसै वर्षदेखि सबै प्रादेशिक अस्पताल हरुमा डायलासिस सेवाको विस्तार गरिने जानकारी दिँदै लम्कीचुवा प्रादेशिक अस्पतालमा समेत यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने बताउनुभयो। मुख्यमन्त्री शाहले संघीय सरकारले लम्कीमा ट्रमा सेन्टर सञ्चालन गर्नका लागि विगत केही वर्षदेखि अघि नीति तथा कार्यक्रम र बजेट तय गरेको स्मरण गर्दै लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आइसकेपछि ट्रमा सेन्टर सञ्चालनको ढोका खुलेको बताउनुभयो । प्रदेश सरकारले प्रदेश गठन आदेशअनुसार प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो। मुख्यमन्त्री शाहले अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण नबनाइएको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको थियो। उक्त नीतिअनुसार सरकारले आवश्यक बजेटस विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०८२/०८३ मा सोहि नीतिलाई निरन्तरता दिँदै अस्पतालहरूको स्तरोन्नति प्रक्रिया अघि बढाइएको थियो । पहिलो चरणमा डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो। लम्कीचुहा नगरपालिकाले १५ शैयाको अस्पताललाई ५० शैयामा विस्तार गर्न औपचारिक सिफारिस गरेपछि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको थियो । मिति २०८२ जेठ २६ गते नेपाल सरकार मन्त्रिपरिषले प्रदेश सरकार मार्फत सञ्चालन गर्न स्वीकृति प्रदान गरेको थियो ।
प्रतिक्रियाहरु