टिकापुर १ असार
कैलालीको बहुनिया बजारमा निर्माण गरिएको अपाङ्गमैत्री सार्वजनिक शौचालय सञ्चालनमा आएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यस क्षेत्रमा शौचालय सञ्चालनमा आएपछि यात्रु, स्थानीय बासिन्दा तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई ठूलो सहजता भएको छ।
महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी निर्माण गरिएको उक्त शौचालयले सरसफाइ र सार्वजनिक सेवामा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
राजमार्गका बस स्टप तथा बढी आवतजावत हुने स्थानहरूमा यस्ता सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न सके यात्रुहरूको सुविधा अझ बढ्ने भएकाले सम्बन्धित स्थानीय तहहरूले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ।
प्रतिक्रियाहरु