सोमवार, असार २२, २०८३
  • होमपेज
  • कैलालीमा चैते धान खेती विस्तार, असारे धानभन्दा बढी उत्पादन हुने किसानको दाबी
Breaking News

कैलालीमा चैते धान खेती विस्तार, असारे धानभन्दा बढी उत्पादन हुने किसानको दाबी

टीकापुर असार १
टिकापुर, कैलाली । कैलालीका विभिन्न सिँचाइ सुविधा पुगेका क्षेत्रमा चैते धान खेती विस्तार हुँदै गएको छ। किसानहरूले चैत महिनामा रोपेको धान अहिले असार लाग्दै गर्दा भित्र्याउन थालेका छन्।
विशेषगरी वर्षभरि सिँचाइको सुविधा उपलब्ध भएका क्षेत्रहरूमा चैते धान खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। समयमै पानी उपलब्ध हुने भएकाले चैते धानको उत्पादन राम्रो हुने गरेको किसानहरूको भनाइ छ।
किसानहरूका अनुसार चैते धान असारे धानको तुलनामा बढी उत्पादन दिने गरेको छ। रोग तथा किराको प्रकोप पनि तुलनात्मक रूपमा कम हुने र बजारमा नयाँ धान छिट्टै बिक्री गर्न पाइने भएकाले यसको आर्थिक लाभ समेत राम्रो हुने गरेको उनीहरू बताउँछन्।
कृषि क्षेत्रमा आधुनिकीकरण र सिँचाइ सुविधाको विस्तारसँगै कैलालीमा चैते धान खेती गर्ने क्षेत्रफल वर्षेनी बढ्दै गएको देखिन्छ। यसले खाद्यान्न उत्पादन वृद्धि, किसानको आम्दानी बढाउने तथा कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
स्थानीय किसानहरूले पर्याप्त सिँचाइ सुविधा भएका क्षेत्रमा चैते धान खेतीलाई थप प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्। कृषि विज्ञहरू पनि उत्पादन वृद्धि र खेती प्रणालीलाई व्यवस्थित बनाउन चैते धान खेती प्रभावकारी विकल्प बन्न सक्ने बताउँछन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस