बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • टीकापुर अस्पतालमा हातपात गर्ने फिजियोथेरापिस्ट पक्राउ, अवद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढ्दै
Breaking News

टीकापुर अस्पतालमा हातपात गर्ने फिजियोथेरापिस्ट पक्राउ, अवद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढ्दै

टीकापुर, २४ असार /टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईमाथि कार्यालयभित्रै हातपात गरेको आरोपमा फिजियोथेरापिस्ट अनिल तिवारीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार अस्पतालको आधिकारिक पत्र तथा पीडित उमेश बजगाईले दिएको जाहेरीका आधारमा तिवारीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनामा अवद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रमुख जिल्ला अधिकारीबाट म्याद थप गरी थप अनुसन्धान गरिने जनाइएको छ। उक्त कसुर प्रमाणित भए प्रचलित कानुनी व्यवस्थाअनुसार १० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।
प्राप्त जानकारीअनुसार हिजो टीकापुर अस्पतालको प्रशासनिक छलफलपछि उत्पन्न विवादका क्रममा आक्रोशित बनेका तिवारीले कार्यालयभित्रै प्रयोगशाला प्रमुख उमेश बजगाईमाथि मुक्का प्रहार गरेका थिए।
घटनापछि टीकापुर अस्पतालले अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश रिमालको संयोजकत्वमा एक साताभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरेको छ।
अस्पताल स्रोतका अनुसार तिवारी विगतदेखि नै विभिन्न विवादका कारण चर्चामा रहँदै आएका व्यक्ति हुन्। पछिल्ला केही दिनयता उनले आफू “बालेनको नातेदार” भएको दाबी गर्दै कर्मचारीलाई थर्काउने गरेको विषय पनि विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। यस दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस