बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • मा नवदुर्गा मन्दिर परिसरमा सञ्चालित निःशुल्क योग साधना केन्द्र : नियमित योग अभ्यासबाट स्वस्थ जीवनतर्फ आकर्षित हुँदै स्थानीय
Breaking News

मा नवदुर्गा मन्दिर परिसरमा सञ्चालित निःशुल्क योग साधना केन्द्र : नियमित योग अभ्यासबाट स्वस्थ जीवनतर्फ आकर्षित हुँदै स्थानीय

टीकापुर, साउन ३
स्वस्थ जीवनशैलीप्रति जनचासो बढ्दै जाँदा पतञ्जलि योग समिति टीकापुरद्वारा सञ्चालित मा नवदुर्गा मन्दिर परिसरको निःशुल्क योग साधना केन्द्र धेरै मानिसहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

हरेक बिहान सञ्चालन हुने योग, प्राणायाम र ध्यान कार्यक्रममा विभिन्न उमेर समूहका महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिक उत्साहका साथ सहभागी हुने गरेका छन्।

नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, आत्मविश्वास र सकारात्मक सोचको विकास हुने विश्वासका साथ स्थानीयवासीहरू दैनिक रूपमा केन्द्रमा पुग्ने गरेका छन्। सहभागीहरूका अनुसार योगले तनाव व्यवस्थापन, शरीरलाई तन्दुरुस्त राख्न र स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
योग प्रशिक्षक राजेन्द्रप्रसाद भट्टराईका अनुसार, यस केन्द्रमा विगत तीन वर्षदेखि नियमित रूपमा निःशुल्क योग साधना सञ्चालन हुँदै आएको छ। उहाँले योगलाई सबै उमेर समूहका मानिसका लागि उपयोगी प्राकृतिक स्वास्थ्य अभ्यास भएको बताउँदै दैनिक केही समय योगका लागि छुट्याउन आग्रह गर्नुभयो।
माँ नवदुर्गा मन्दिर परिसरमा सञ्चालन भइरहेको यो अभियानले टीकापुर क्षेत्रमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायलाई अनुशासित, सकारात्मक र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेको छ।
योग केवल व्यायाम मात्र नभई स्वस्थ शरीर, शान्त मन र सन्तुलित जीवनको आधार भएको सन्देश दिँदै केन्द्रले सबै इच्छुक नागरिकलाई नियमित योग अभ्यासमा सहभागी हुन आह्वान गरेको छ। स्थानीयस्तरमा सञ्चालित यस्ता सकारात्मक अभियानले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस