टीकापुर, साउन ५
सुदूरपश्चिम प्रदेश सरकारको करिब ४ करोड रुपैयाँ बजेटमा जडान गरिएको टीकापुर अस्पतालको सिटी स्क्यान (CT Scan) सेवा प्रभावकारी बन्दै गएको छ।
अस्पतालमा २०८२ असोज मसान्तदेखि सञ्चालनमा आएको सिटी स्क्यान मेसिनबाट २०८३ जेठ मसान्तसम्मको ८ महिनाको अवधिमा ८११ जना बिरामीले सेवा लिएका छन्।
पहिले सिटी स्क्यान गराउन धनगढी, नेपालगञ्ज वा अन्य शहर जानुपर्ने बाध्यता रहेका बिरामीले अहिले टीकापुरमै सहज रूपमा सेवा पाउन थालेका छन्। यसले समय, खर्च र उपचारमा हुने ढिलाइ समेत कम भएको अस्पतालले जनाएको छ।
स्थानीयस्तरमै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि टीकापुरसहित कैलाली, बर्दिया र आसपासका क्षेत्रका बिरामीलाई ठूलो राहत पुगेको छ। अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने जनाएको छ।
प्रतिक्रियाहरु