आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • सुपका मुख्यमन्त्रीलाई हटाउन पार्टी संसदीय दलमा विश्वासको प्रस्ताव
Breaking News

सुपका मुख्यमन्त्रीलाई हटाउन पार्टी संसदीय दलमा विश्वासको प्रस्ताव

धनगढी १९ जेठ

सुदूर प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेसले आफ्नो संसदीय दलमा बहुमत सांसदहरूको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरिएको छ ।
प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गर्न निर्णय गरिएको हो ।
स्रोतकाअनुसार शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरु मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् ।
अविश्वासको प्रस्ताव को निर्णय गर्नु गरेको बहुमत सांसदहरूको अहिले बैठक चलिरहेको छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस