बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • सुदूरपश्चिम सरकार संकटमा, एमाले मन्त्री बर्खास्त हुने सम्भावना, एमाले संसदीय दलको बैठक बस्दै
Breaking News

सुदूरपश्चिम सरकार संकटमा, एमाले मन्त्री बर्खास्त हुने सम्भावना, एमाले संसदीय दलको बैठक बस्दै

धनगढी २८ असार/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमाले संसदीय दलका नेतालाई बजेटमा दर्ता गरिएको संशोधन फिर्ता लिन वा सरकारबाट बाहिरिन २४ घण्टे अल्टिमेटम दिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार हिजो साँझ भएको भेटमा मुख्यमन्त्रीले संशोधन फिर्ता नभए एमालेका मन्त्रीलाई पदबाट हटाइने स्पष्ट सन्देश दिनुभएको थियो।

उक्त अल्टिमेटम आज साँझ सकिँदैछ र त्यसलगत्तै मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्न सक्ने उच्च सम्भावना रहेको बताइएको छ।

यसैबीच, एमाले संसदीय दलका जिम्मेवार नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेको बुझिएको छ भने अहिले धनगढीस्थित संसदीय दलको कार्यालयमा एमाले संसदीय दलको बैठक बसिरहेको छ।

घटनाक्रम तीव्र रूपमा विकसित भइरहेकाले थप विवरण आउन बाँकी छ।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस