बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • राजापुरमा चिनी मिल खुलेपछि उखु खेतीमा क्रान्ति ! टिकापुरका किसानले एकैपटक ४५ बिघामा लगाए उखु
Breaking News

राजापुरमा चिनी मिल खुलेपछि उखु खेतीमा क्रान्ति ! टिकापुरका किसानले एकैपटक ४५ बिघामा लगाए उखु

टीकापुर, साउन ७

बर्दियाको राजापुरमा चिनी उद्योग सञ्चालनमा आएपछि बर्दिया र त्यससँग जोडिएको कैलाली क्षेत्रमा उखु खेतीप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्न थालेको छ। उद्योगले उत्पादनको सुनिश्चित बजार दिने अपेक्षासँगै किसानहरू धमाधम उखु खेती विस्तार गरिरहेका छन्।

यसैक्रममा टिकापुर नगरपालिका–८ का किसान धनसिंह साउदले यस वर्ष करिब ४५ बिघा जमिनमा उखु खेती गर्नुभएको छ। उहाँले यसअघि धान खेती गर्दै आएको करिब ५० बिघा क्षेत्रफलमध्ये अधिकांश जमिनमा उखु लगाउनुभएको हो।

स्थानीयका अनुसार धनसिंह साउद अहिले कैलाली र बर्दिया जिल्लामै सबैभन्दा ठूलो क्षेत्रफलमा उखु खेती गर्ने किसानमध्ये एक हुन सक्ने अनुमान गरिएको छ।

राजापुरमा चिनी उद्योग सञ्चालनमा आएपछि किसानले आफ्नो उत्पादनले सहज बजार पाउने विश्वास गरेका छन्। यदि उद्योगले किसानसँग नियमित रूपमा उखु खरिद गर्ने वातावरण बनायो भने आगामी वर्षहरूमा कैलाली र बर्दियामा उखु खेती अझ व्यापक रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

स्थानीय किसानहरूका अनुसार उखु खेतीले धानभन्दा राम्रो आम्दानी दिन सक्ने सम्भावना देखिएकाले धेरै किसान यसतर्फ आकर्षित हुन थालेका छन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस