बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • धनगढीमा डा. गोविन्द केसीको अनसन जारी
Breaking News

धनगढीमा डा. गोविन्द केसीको अनसन जारी

धनगढी, साउन ८ — डा. गोविन्द केसी धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनसनमा बसेका छन्। धर्मशालाको बाहिर सुरक्षाका लागि तीन जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने डा. केसी भित्रको कोठामा अनसनरत छन्।
स्थानीयका अनुसार डा. केसीले भेटघाटलाई सीमित राखेका छन् र सबैलाई सहज रूपमा भेट्न नदिएको बताइन्छ। उनको स्वास्थ्य अवस्था भने सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले समय–समयमा परीक्षण गरिरहेका छन्। हालसम्म उनको स्वास्थ्यमा कुनै जटिल समस्या नदेखिएको चिकित्सकीय स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार यसअघि विभिन्न स्थानमा अनसन बस्दा ठूलो संख्यामा समर्थकको उपस्थिति रहने गरे पनि यसपटक भने धर्मशालामा उल्लेखनीय भीड देखिएको छैन। केही स्वास्थ्यकर्मीबाहेक समर्थन जनाउन आउने व्यक्तिहरूको संख्या न्यून रहेको स्थानीयको भनाइ छ।
यस वर्ष सञ्चालनको तयारीमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित विषयलाई लिएर डा. केसीले अनसन सुरु गरेका हुन्। यस विषयमा स्थानीयवासीबीच फरक–फरक धारणा देखिएका छन्। केहीले डा. केसीको आन्दोलनप्रति समर्थन जनाएका छन् भने केहीले असहमति व्यक्त गरेका छन्।
अब व्यापक जनसमर्थन बिना सुरु भएको यो अनसन आगामी दिनमा कुन दिशातर्फ अघि बढ्छ भन्ने विषयलाई धेरैले चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस