काठमाडौं । सरकारले खुला प्रतिस्पर्धामार्फत देशका सात विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपतिले सिफारिस समितिको सिफारिसका आधारमा उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्त भएका उपकुलपतिहरूमा:
त्रिभुवन विश्वविद्यालय – डा. भोला थापा
सुदूरपश्चिम विश्वविद्यालय – किसन दत्त भट्ट
मध्यपश्चिम विश्वविद्यालय – राजन सुवाल
कृषि तथा वन विश्वविद्यालय – ऋषिराम कट्टेल
राजर्षी जनक विश्वविद्यालय – श्यामनारायण लाभ
पोखरा विश्वविद्यालय – देवेन्द्र अधिकारी
पूर्वाञ्चल विश्वविद्यालय – सुजन बाबु मरहट्टा
सरकारले यसपटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति छनोट गरेको जनाएको छ। यसलाई नेपालको उच्च शिक्षामा योग्य र प्रतिस्पर्धी नेतृत्व चयन गर्ने प्रयासका रूपमा हेरिएको छ।
नवनियुक्त उपकुलपतिहरूसामु विश्वविद्यालयमा शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन, सुशासन कायम गर्ने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने चुनौती रहेको छ।
उच्च शिक्षा क्षेत्रका सरोकारवालाले खुला प्रतिस्पर्धाबाट भएको नियुक्तिले विश्वविद्यालयमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन्। यद्यपि यसको वास्तविक मूल्यांकन भने उनीहरूको कार्यसम्पादनबाट हुने उनीहरूको भनाइ छ।
प्रतिक्रियाहरु