आदरणीय डाक्टर गोविन्द केसीज्यू, सर्वप्रथम तपाईंप्रति सम्मान व्यक्त गर्न चाहन्छु। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि तपाईंले गर्नुभएका संघर्ष, त्याग र आन्दोलनलाई हामीले नजिकबाट हेरेका छौं। तपाईंले उठाएका धेरै विषयहरू आम नागरिकको हितसँग जोडिएका छन्। तपाईंको नियत र इमानदारितामाथि हामी प्रश्न उठाउन चाहँदैनौं। तर डाक्टर साहब, आज हामी सुदूरपश्चिमबासीको एउटा पीडा, एउटा सपना र […]